के तपाई घर बनाउने सोच गर्दै हुनुहुन्छ??


यदि तपाई घर बनाउने सोच गर्दै हुनुहुन्छ भने निम्नलिखित कुरामा ध्यानदिनुहोस नत्र पछुताउनुपर्ला | | | | |


के तपाई घर बनाउने सोच गर्दै हुनुहुन्छ??

Written by Shreeram Lamichhane on 29 Aug 2020 | Views: 2883


घर बनाउँदा सबै भन्दा प्राथमिक कुरा जग्गा हो र जग्गा किन्दा एक दमै ध्यान दिन पर्ने देखिन्छ | जग्गा रहेको ठाउँ को बाटो को मापदण्ड कति हो, बाटो कत्रो छ,बाटो जग्गा को कुन कुन दिशामा छ ,बाटो  बढ्ने खालको हो कि हैन, बाटो मा कति जग्गा जान्छ , हाईटेन्सन लाइनको  नजिक जग्गा अवस्थित छ कि छैन ,छ भने कति नजिक छ , राजकुलोले जग्गा लाइ छुन्छ कि छुदैन, जग्गा कतिको भिरालो छ  र त्यस जग्गामा मापदण्ड अनुसार को घर बनाउन उपयुक्त छ कि छैन भन्ने कुरा हरुलाई मध्यनजर गरेर मात्र जग्गा किन्नु पर्ने हुन्छ | हामीले काम को दौरानमा थुप्रै मान्छे हरुले जग्गा किन्दा माथि उल्लेखित कुरामा ध्यान नदिएर पछुताएको देखेका छौ | अब जग्गा किनिसकेपछी कुरा आउँछ नक्सा बनाउने, कसलाई  लगाउने त नक्सा बनाउन, सस्तो मा फलानो ले नक्सा बनाइदिन्छ  भनेर नक्सा बनाउने प्रचलन नि थुप्रै देखिन्छ र पछी नक्सा चित्त बुझ्दो नहुँदा मान्छेहरु विभिन्न ठाउँ मा भौँतारेकापनि हाम्ले देखेका छौं, त्यसैले  दुईचार पैसाको लोभ नगरी नक्सा बनाउँदा दक्ष प्राबिधिक छानेर मात्र नक्सा बनाउन पर्छ | नक्सा बनाउँदा आफ्नो आवश्यकता के हो डिजाइनरलाई प्रस्ट रुपमा राख्नु पर्छ जसले गर्दा डिजाइनरलाई डिजाइन गर्न पनि सजिलो हुन्छ र आफ्नो आवश्यकता अनुसार को नक्सा पनि बन्छ | नक्सा मात्र राम्रो भएर त भएन नि नक्सा अनुकुलको घर बनाउन सक्ने खालको दक्ष ठेकदार पनि छान्नुपर्छ |  ठेग्दार सस्तो छान्ने तर काम कतिको राम्रो गर्छ भन्ने चाहिं हेक्का नाराख्दा मान्छे हरुले धेरै दुख र हैरानभएको कुरालाई नकार्न सकिन्न |गाउँघर तिर का विभिन्न लोकल ठेग्दारहरु अहिलेको आधुनिक डिजाइनप्रति खासै परिचित भएको पाइन्न र उनीहरुलाई स्टरक्चर को खासै ज्ञान नहुने र भूकम्पप्रतिरोधात्मक शिक्षा को ज्ञान को ज्ञान पनि कमि भएको हामीले पाएका छौं र आफ्नै ढंग ले घर बनाइदिनेगर्छन र सो नक्सा अनुकुल नहुँदा मान्छे हरु पछुताउँछन् | घर बनाउँदा आर्किटेक्चर मात्रै नभई स्टरक्चरमा पनि उतिकै ध्यान दिन पर्छ | अझ प्राबिधिक नै खटाएर राम्ररी रेखदेख गर्नु पर्छ | डन्डी कसरी बानेको छ, मसला घोल्दा मिश्रण के कति छ, भाइब्रेटर ठिक तरिकाले लगाको छ कि छैन, यी कुरा हरुले पनि घर को मजबुतीमा अहम भूमिका निर्बाह गर्दछ | अहिले को बेस्त जीवनमा घरधनीले पनि पूर्णसमय दिनसक्ने अवस्था हुँदैन त्यसैले राम्रो कन्स्ट्रक्सन कम्पनी खोजी कन्स्ट्रक्सन कम्पनीलाई दिने प्रचलनपनि बढेको पाइन्छ | कन्स्ट्रक्सन कम्पनीलाई दिंदा पनि TOR बनाउनु पर्छ, भोलीकेही अफ्टेरोअवस्था पर्दा यो कागजातले दुवैपक्षलाई हिजोका दिनमा गरेको सहमतिको आभास दिलाउँछ | यसरी जग्गाकिन्दा, नक्सा बनाउँदा, नक्साअनुरुपको ठेक्दार लगाउँदा र कस्तो सामानको प्रयोग गर्ने भन्ने कुरा मा राम्ररी ध्यान दिन सक्यौंभने बलियो र राम्रो घर निर्माण गर्न सकिन्छ |

Stories Suggestion:
घर बनाउँदा कस्तो सिमेन्ट प्रयोग गर्ने ???

बदलिँदो दुनियामा सिमेन्ट हरेक भौतिक संरचना निर्माणमा नभई नहुने वस्तु बनेको छ । सिमेन्टको प्रयोगबिना भौतिक संरचना निर्माण सोच्न पनि सकिँदैन ।

Written By: Sudip Ghimire

के हो Lintel & Sill band अनि घर बनाउदा यसको आवसक्त्या किन ??

घर हरुमा Lintel Band र Sill Band २०७२ को भूकम्प पश्चात किन Compulsory गरियो??के यसले घर लाई भूकम्प प्रतिरोधी बनाउछ त?? यस्तै प्रस्न तपाई को मनमा पनि उब्जिएको छ भने एक पटक अवब्स्य पढ्नुहोस् ।

Written By: Sudip Ghimire

घर बनाउदा soil test गर्नु पर्छ कि पर्दैन ?

तपाई लाई इन्जिनियरले केको आधार मा नक्सा बनाएर दिन्छ ? के उसले बनाएको नक्सा तपाई को ठाउँ(Soil) लाई suitable छ त ?? कतै उसले गरेको तपाई को घर को design failure त हुने हैन ?? कतै soil test गरेर मात्रा Design गर्नु पर्ने होकी ??

Written By: Sudip Ghimire

View All Stories

Contact Us

Feel free to contact us for any kind of Architecture,Engineering, Construction, Planning, Interior, Estimation, Valuation work in Nepal.

Contact Details


Address
Gwarko mini bazar
Gwarko, Lalitpur

Email
grihaprabesh.designs@gmail.com

Phone
984-0061834
01-5007580